आफ्ना नेता कुटिएको विरोधमा राजविराजमा जसपाको प्रदर्शन

२१ चैत, जनकपुरधाम । आफ्ना नेतालाई कुटपिट गरेको भन्दै राजविराजमा जनता समाजवादी पार्टी जसपाका नेताकार्यकर्ता आन्दोलनमा उत्रेका छन् ।

जसपाका जिल्ला अध्यक्ष केदार यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप उनीहरुको छ ।

थापालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी जसपा नेता कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

एउटा घटनाको विषयमा बुझ्न जाँदा नशामा रहेका प्रहरी निरीक्षक थापाले आफूलाई कुटपिट गरेको यादवले बताएका छन् ।

घाइते नेता यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले प्रहरी निरीक्षकबाट सामान्य त्रुटि भएको हुन सक्ने भन्दै त्यसैका कारण जसपा नेताकार्यकर्ता आन्दोलनमा उत्रेको पुष्टि गरे ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?