मधेस प्रदेश : एमाले बाहिरिएसंगै कांग्रेस ,लोसपा र नेकपा एस सरकारमा जाने तयारीमा

जननकपुर,२१चैत : नेकपा एमालेले मंगलबार मधेस सरकार छाडेसंगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् । उनीहरुले मुख्यमन्त्रीको निर्णय र आफ्नो दलको केन्द्रीय नेताको निर्देशक पर्खेर बसेका छन् ।

मधेस प्रदेशसभामा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले केन्द्रबाट संकेत पाउने बित्तिकै मधेस सरकारमा सहभागी हुने बताए । ‘मधेसमा पनि गठबन्धन सरकार छ । गठबन्धनको निर्णय के हुन्छ केन्द्रमा, केन्द्रबाट म्याण्डेट मिलेपछि हामी छलफल गरेर कहाँ के कसरी एडजस्टमेन्ट गर्न सकिन्छ भनेर निर्णय गर्छौ । सरकारमा सहभागी हुन्छौं’, उनले भने ।

त्यस्तै ९ सांसदसहित चौथो दलको हैसियतमा रहेको लोसपा पनि सरकारमा जान तैयार छ । लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले एमालेको बहिर्गमन भएपछि प्रदेश सरकारमा लोसपासहित तीन दल सहभागी हुने बताए ।

७ सांसदसहित पाँचौ दलको हैसियतमा रहेको नेकपा एकीकृत समाजवादी पनि सरकारमा जान तयार रहेको उक्त पार्टीका प्रदेश सांसद रत्नेश्वर गोइतले बताए ।

यी सबै दलले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिइसकेका छन् । एमालेका मन्त्रीहरुले मंगलबार सरकार छाडेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् ।साभार : अनलाइनखबर

The post मधेस प्रदेश : एमाले बाहिरिएसंगै कांग्रेस ,लोसपा र नेकपा एस सरकारमा जाने तयारीमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?