पाेर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएकाे आराेपमा डाेनाल्ड ट्रम्प पक्राउ

काठमाडौं ,२२चैत:अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई औपचारिक रूपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन्। ट्रम्पमाथि पोर्न स्टार स्ट्रोमी ड्यानिल्ससँगको अनैतिक सम्बन्ध लुकाउन ट्रम्पले उनलाई पैसा दिएको आरोप छ।

ट्रम्प र ड्यानियल्सबीचको सम्बन्ध लुकाउन र मौन बस्न भन्दै ट्रम्पले ड्यानियल्सलाई १ लाख ३० हजार डलर दिएको आरोप छ। ड्यानियल्सले पनि ट्रम्पले आफूलाई मौन बस्न पैसा दिएको दाबी गर्दै आएकी छिन्।

ट्रम्प सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार हुन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन। यद्यपि, उनीविरूद्ध पोर्न स्टारको विषयबाहेक व्यावसायिक ठगीसँग सम्बन्धित ३० भन्दा बढी मामिला जोडिएको सीएनएनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

ट्रम्पले भने आफू पूर्ण रूपमा निर्दोष रहेको बताउँदै आएका छन्। साथै, आफूविरूद्ध अभियोग लागे पनि राष्ट्रपतिय चुनावको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्।

ट्रम्पले विज्ञप्ति जारी गर्दै, आफू राजनीतिक उत्पीडनमा परेको र चुनावमा इतिहासकै सबैभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन्।

The post पाेर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएकाे आराेपमा डाेनाल्ड ट्रम्प पक्राउ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?