आइपिएल : दिल्लीलाई हराउँदै लखनउ विजयी

वीरगन्ज ,१८चैत: लखनऊ सुपर जायन्ट्सले भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

शनिबार राती भएकाे खेलमा जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाएपछि खेल लखनउले जितेकाे हाे । दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५६ रन बनाए ।

दिल्लीले आफ्नो दोस्रो खेल मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ ।लखनऊले सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

आइपिएलमा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा अपरान्ह पाैने ४ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।
दाेश्राे खेलमा बेलुकी पाैने ८ बजे रोयल च्यालेन्जसं बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

The post आइपिएल : दिल्लीलाई हराउँदै लखनउ विजयी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?