जगरनाथपुरका ७२ वर्षिय राउतलाई ह्वील चेयर सहयाेग

मधेसखबर
वीरगन्ज ,१९चैत:सामाजिक संस्था जन सेवाले पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ जगरनाथपुर गाँउका अपांगता भएका ७२ वर्षीय द्वारिका राउतलाइ ह्वील चेयर सहयाेग गरेकाे छ ।

संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाैधरीसहितकाे टाेलीले आइतबार राउतकाे घरमै पुगेर ह्वील चेयर प्रदान गरेकाे हाे ।

शारीरिक अपांगताका कारण कष्टकर जिवन व्यतित गरिरहेका राउतलाई सहज हाेस् भनेर जन सेवाले ह्वील चेयर सहयाेग गरेकाे संयाेजक चाैधरीले बताए ।

ह्वील चेयर हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य रामअयोघ्या महतो , नेकपा एमालेका केन्द्रीय सदस्य ज़ालिम मियाँ,फजल करिम,राजा मियाँ,मक़सुद मियाँको पनि उपस्थिति रहेको थियो।

The post जगरनाथपुरका ७२ वर्षिय राउतलाई ह्वील चेयर सहयाेग appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?