सिमरा गाेल्डकपकाे च्याम्पियन चर्च ब्वाइज

उपाधि विजेता चर्च ब्वाइज युनाईटेडका खेलाडीहरु ।फाेटाे :इशीलालेखबाट

बारा,१८चैत: बाराकाे सिमरामा आयाेजित १३ ओैं जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधी चर्च ब्वाइज युनाईटेडले जितेकाे छ ।

सिमरा रंगशालामा शनिबार बेलुकी भएको फाइनल खेलमा हिमालयन शेर्पालाई २-० गाेलले पराजित गर्दै चर्च ब्याइज युनाइटेड च्याम्पियन भएको हाे ।

उपाधी विजेता चर्च ब्वाइज युनाईटेडले १० लाख रुपैयाँ नगद र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले भने नगद ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतियोगिताकाे समापन समाराेहमा विजेता र उपविजेता टिमलाई उपराष्ट्रपति रामसहाय यादवले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

नवजनजागृती युवा क्लब सिमराले फ्लड लाइटमा चैत ९ गतेदेखि आयाेजना गरेकोे प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टिमले भाग लिएका थिए ।

The post सिमरा गाेल्डकपकाे च्याम्पियन चर्च ब्वाइज appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?