पर्साबाट स्रोत नखुलेको २० लाख नगद बरामद

वीरगंज, २९ चैत ।
सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँँ बरामद गरेको छ ।  सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण नम्बर–१३ बाट खटिएको टोलीले सो रकम सहित धोबिनी गाउँँपालिका–५ घर भएका अलिम मियाँ अन्सारीलाई पक्राउ गरेको छ ।
भिस्वाबाट वीरगंजतर्पm आउँदै गरेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा आरोपीको साथमा सो नगद भेटिएको थियो । ट्याक्टरमा लिएर आउँदै गरेको अवस्थामा बिज बिजक नभएको २ सय किलो काजु पनि बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले  बताए ।
आरोपीलाई बरामद नगद र काजु सहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?