रास्वपाबाट तनहुँ -१ मा स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का

काठमाडौं,१७चैत: तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ ।

१० वैशाखमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा. रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन भएका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीमा भएको छलफलमा लामिछाने र घिमिरेले नाम फिर्ता लिन सहमत भएका हुन् ।

नेपाली कांग्रेस परित्याग गरि स्वर्णिम बिहीबार रास्वपामा प्रवेश गरेका थिए ।

रास्वपाले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा गरेर मात्रै उम्मेदवार छान्ने आफूहरूको नीति रहेको बताउने गरेको छ ।साभार:अनलाइनखबर

The post रास्वपाबाट तनहुँ -१ मा स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?