मेयर सिंहले भने : महानगरपालिकामा लापरवाही गर्ने छुट कसैलाई छैन

मधेसखबर
वीरगन्ज ,१७ चैत : वीरगन्ज महानगरपालिकाले शहरको सरसफाइ र स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन सफा नेपाल नामक एप निर्माण गरि शुक्रबारदेखि शुभारम्भ गरेको छ ।

शुक्रबार साँझ आदर्शनगरमा एक समारोह आयोजना गरेर महानगरपालिकाले सफा नेपाल नामक एपको शुभारम्भ गरेको हो । समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहले ल्पापटमा कि बोर्डको बटम थिचेर उक्त एपको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

द एशिया फाउण्डेशन र क्लीन नेपालको प्राविधिक सहयोगमा वीरगन्ज महानगरपालिकाले उक्त एप निर्माण गरेको हो ।
वीरगन्ज शहरलाई सफा ,स्वच्छ र सुन्दर बनाउन महानगरले जारी राखेको सरसफाइ एंव स्वच्छता अभियानमा वीरगन्जका सम्पूण नगरवासीलाइ जोड्ने उदेश्यले उक्त एप निर्माण गरि शुक्रबार देखि सन्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार , उक्त एपमा जोडिने प्रयोगकर्तले कहि कतैं कसैले घर वा पसलको फोहोर सडक ,पेटी , नाला वा खाली जग्गामा फालेको भेटिए फोटो खिचेर त्यस बारे एपमा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ ।

त्यसरी पुग्ने महानगरको टोलीले पहिलोपटकमा १ हजार, दोश्रो पटकमा ५ हजार रुपैयाँ र त्यसपछि दोहोरिएमा जरीवानाको रकम बढाउँदै कारबाही गर्ने घिमिरले जानकारी दिए ।

फोहोर गर्ने व्याक्ति वा संस्थाका बारे एप मार्फत सुचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरीवाना रकमको केहि प्रतिशत रकम महानगरले पुरस्कारका रुपमा प्रदान गर्ने पनि घिमिरेले बताए ।

शहरको सरसफाई र स्वच्छताका लागि महानगरले केहि महिना यता देखि जारी राखेको सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन र उक्त अभियानमा हरेक नगरवासीलाई जोडनकै लागि यो एप शुभारम्भ गरिएको घिमिरेले बताए ।

एप लन्च समारोहलाई सम्बोधन गर्दै मेयर राजेशमान सिंहले वीरगन्ज शहरको सरसफाई र स्वच्छता आफनो मुख्य प्राथमिकतामा रहेको शुक्रबार साँझ देखि शुभारम्भ गरिएको एपमा हरेक नगरवासी जोडिने हो भने सरसफाई र स्वच्छताको सवालमा एक वर्षत्रिै वीरगन्ज शहरको मुहार फेरिने बताए ।

उनले केहि महिना यता महानगरले शहरका मेनरोडमा थालेको सरसफाइ अभियान अब भित्री टोल र गल्लीहरुमा पनि सन्चालन गरिने बताए ।
फरक प्रसंगमा बोल्दै मेयर सिंहले वीरगन्जको शीर निहुरिने खालको कुनै पनि विषयमा कसैसंग सम्झौता नगरिने बताए ।

कामकै शीलशीलामा आफु दुइ चार दिनका लागि वीरगन्ज बाहिर गएका बेला महानगरपालिकाको कार्यालयमा कर्मचारीहरुको बेथिती शुरु भइहाल्ने गरेको उनले बताए । यसप्रति आक्रोश पोख्दै उनले भने,‘ नगरपालिकाका कर्मचारी फेरि ट्रयाक बाहिर जान थालेको महसुस भइरहेको छ , तर म चेतावनी दिएर भन्छु म कदापी त्यसो हुन दिन्न , नियम नमान्ने , गलत गर्ने , लापरवाही गर्ने कसैलाई छुट हुदैन ।

लापरवाही गरेका कर्मचारीहरु प्रति आक्रोश पोख्दै सिंहले भने,‘ जस्तो देउवा उस्तै पूजा हुनुपर्छ भन्ने
उखान मैले बिर्सिसकेको थिए , तर फेरि लापरवाही शुरु भएको देख्दा मैले अब फेरि त्यहि उखानमा भने जस्तै शुरु गर्नुपर्छ भन्ने लागिरहेको छ ।

महानगरका सबै वडाका वडाध्यक्षहरुलाई पनि जनतका समस्या र आवश्यकता प्रति सचेत गराउदै मेयर सिंहले भने ,‘ वीरगन्जलाई बनाउने दायित्व हामीसबैको हो , त्यसका कारण तपाईहरु अझ थप मेहनत गर्नुस् , जनतालाई ध्यानमा राख्नुस् ।

आफुले नेर्तत्व सम्हालेको १० महिनामै वीरगन्जवासीले परिवर्तनको अनुभूती गर्न थालिसकेको भन्दै उनले भने,‘ म अरु जस्तो ५ वर्ष कुर्ने अवस्थामा छैन , ३ वर्ष मै हरेक दृष्टिकोणबाट वीरगन्जको मुहार फेर्नुछ भनेर लागेकोछु , यसमा सबैको साथ र सहयोग आवश्यक छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त समारोहमा वीरगन्जका उपमेयर इम्तियाज आलम , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , वडाअध्यक्षहरुको पनि सहभागिता थियो ।

The post मेयर सिंहले भने : महानगरपालिकामा लापरवाही गर्ने छुट कसैलाई छैन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?