पर्साका सांसद रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त

वीरगन्ज ,१७चैत: पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजाल संघीय सरकारकाे उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

यसअिघ परराष्ट्रमन्त्री बन्ने चर्चा चलेपनि रिजाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग वाणिाज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका हुन् ।

पर्सा -४ मा नेपाली कांग्रेसबाट तेस्रोपटक सांसदमा निर्वाचित रिजाल पार्टी सभापति शेरबहादुर निकट मानिन्छन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले  कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ ,रिजाल उद्योग वाणिज्य तथा आपूर्ति  र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरुकाे शपथग्रहण शुक्रबार नै अपरान्ह ३ बजेपछि हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।

The post पर्साका सांसद रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?