ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र कवाडी ब्यवस्थापन बिच चोरी नियन्त्रण न्यूनीकरण गर्न अन्तरक्रिया कार्यक्रम

 


बिरगंज २४ असोज /   ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको  आयोजनामा बिरगंज म.न.पा.वडा नं.१०  आदर्शनगर पर्सा स्थित शुभ दिपावलि तथा छट पर्व नजिकै गर्दा कबाडी व्यवस्थापनहरुसंग चोरी नियन्त्रण र न्युनीकरण गर्नको लागि सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोथियो । प्रमुख अतिथि प्र.ना.उ.श्री दिपक गिरी , वडा प्रहरी कार्यालय विर्ता पर्साको प्र.नि. विशाल मल्ल को उपस्थितिमा र  सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षतामा बिरगंज म.न.पा.१० पर्सामा दिनानुदिन चोरीका घटना बढदै गएकोले यसलाई नियन्त्रण गर्ने विशेष ध्यान दिनु पर्नेमा जोड दिदै चोरीका घटना वृद्धि हुनुमा आदर्शनगरमा रहेका ्कबाडीका पसलहरूको संमलग्रता हुन सक्ने आशंका गरि कबाडी लगाएतका सामानहरु खरीद बिक्री गर्ने सम्बन्धमा कवाडी पसलहरु र सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम अ.१७: ३० बजेको समयमा सम्पन्न गरिएको छ।

साथै ठेलावालाहरू  राति ११:०० बजे देखि बिहान ०५:०० बजे सम्म कुनै प्रकारको रिक्सा,कबाडी ठेला र ठेलाहरुलाई चलाउनको लागि निषेध गर्ने र चलाएको फेला परेमा नियन्त्रणमा लिन समेत सुझाव दिने । कार्यक्रममा प्र.ना.उ. दिपक गीरी ' व प्र का बिर्ता बिशाल मल्ल "अध्यक्ष जय प्रकाश खेतान- ग्रिनसिटी सा.प्र.से.के.आदे्शनगर " प्र.ना.नि. रामपदार्थ साह- प्र.चौ.आदर्शनगर " सन्तोष रन्जितकार- अजित भुजेल  संचारकर्मी " मोहन पटेल कवाडी वाला अशोक सरार्फ लाल बाइ जैसवसल " श्याम यादव " हिरा साह " लक्ष्मी गोसाइ " बिनोद साह " शर्मा गोसाइ लगाएको सहभागीता रहेकोथियो ।




भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?