पर्सामा करेन्ट लागेर दुईजनाको मृत्यु

वीरगंज, २५ असोज । पर्सामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 
सोमवार साँझ साढे ६ बजे वीरगञ्ज म.न.पा. वडा नं. २६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँँपालिका वडा नं. ३ हरिहरपुर बस्ने वर्ष ३० को सैफुल्ला अंसारी विद्युतको पोलको तारमा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
इलाका प्रहरी कार्यालय सुगौली विर्ताले मृतक सैफुल्ला अंसारीको शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको तथा घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 
यसैगरी सोमवार मध्याह्न वीरगञ्ज महानगरपालिका वडा नं.०८ बसपार्क स्थित शत्रधुन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
करेन्ट लागेर वीरगञ्ज महानगरपालिका वडा नं.९ रानिघाट बस्ने वर्ष ६० को ध्रुव प्रसाद साह घाइते भएपछि आसाराम अस्पतालमा वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?