काँग्रेस नेताहरु भन्छन् : भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई हराउन चुनाैती छैन

मधेसखबर
वीरगन्ज , २४ असाेज : नेपाली कांग्रेस पर्साका नेताहरुले पर्सा क्षेत्र नंवर १ काे (ख) मा मुख्यमन्त्री लालबाबु राउतलाई हराउन खासै ठुलाे चुनाैती नरहेकाे बताएका छन् ।

वीरगन्जमा साेमबार आयोजित काँग्रेसका अगुवा कार्यकर्ताहरुकाे भेलामा बाेल्ने वक्ताहरुले यस्ताे बताएका हुन् । पर्सा क्षेत्र नं १( ख ) का काँग्रेसका उम्मेद्वार रामनारायण कुर्मीलाई जिताउन रणनीति बनाउन आयोजित भेलामा सहभागी वक्ताहरूले भ्रष्टाचारमा लिप्त मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई हराउन सबै कार्यकर्ताहरु तन,मन,धनले एकजुट भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

वीरगन्ज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले वर्तमान मुख्यमन्त्री लालबावु राउतलाई हराउन कुनै ठूलो चुनौती नभएको बताए । मुख्यमन्त्री हुनुभन्दा पहिला रमउत नगरपालिकाकाे निलम्बित कर्मचारी भएकाे चर्चा गर्दै प्रदेशसभामा जितेपछि मुख्यमन्त्री भएको तर यसपटक राउतलाई हराउन सम्पूर्ण वीरगन्जबासीहरु लागि पर्ने आलमले बताए । राउतले मुख्यमन्त्री पदसंग राजधानी साटेर जनकपुुरलाई बनाएकाे कुरा वीरगन्जबासीले नभुलेकाे भन्दै उपमेयर आलमले आगामि निर्वाचनमा जनताले त्यसकाे हिसाबकिताब अवश्य गर्ने बताए ।

भेलामा प्रदेशसभा सदस्य उम्मेदवार कुर्मी, संविधानसभा सदस्य एवं काँग्रेस नेता अनिल रुंगटा, काँग्रेसका मधेस प्रदेश सदस्य प्रेम शंकर सिंह,क्षेत्रीय सभापती अरबिन्द गुप्ता, पर्सा प्रदेश १(क) सभापति अनिल सिंह, पुर्व क्षेत्रीय सभापती बिजय सरार्फ लगायत महाधिवेशन प्रतिनिधि एवं निर्वाचित वडा अध्यक्ष, बुथ सभापति लगायतकाे सहभागीता रहेको थियोे ।

The post काँग्रेस नेताहरु भन्छन् : भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई हराउन चुनाैती छैन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?