बारा २२ असोज / बाराको विश्रामपुर गाउँपालिकाको वडा ३ मुसहर्वामा महाबिरी झण्डाको ब्वस्थापन समिति गठन गरिएकोछ । गाउँपालिका स्तरीय महाबिरी झण्डाको बैठक गाउँपालिकाको अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैरभाइ ) को अध्यक्षतामा बसेको बैठकले सुरेन्द्र प्र यादवको अध्यक्षतालागी ७ सदस्य मेला ब्वस्थनप समिति गठन गरिएकोछ । उपाध्यक्ष राधेश्याम साह गोढ सचिव सैफुलाह मियाँ लगाएत रहेकाछन । महाबिरी झण्डा ( मेला ) हरेक बर्ष जस्तै दिपावलीको भोलि पल्ट अथार्त कार्तिक ८ गते लाग्नेछ । यो मेलामा कुस्तीको पनि आयोजना गरिएको र कुस्तीमा देवा थापा देखि नेपाल र भारतबाट पहलवानहरु भाग लिनेछन । कार्यपालिका सदस्य बिजय पणितले बताए
बैठकमा १ " २ " ४ " ५ का वडा अध्यक्षहरु कार्यपालिका सदस्य राजेन्द्र पाल बिजय पणित नेता मनिर देवान धर्मदेव यादव अमरदेव कुशवाहा महमद हुसेन स्थानीयवासि लगाएतका उपस्थिति रहेकोथियो ।

