एमाले छाडेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने

मधेसखबर
वीरगन्ज, २२ असोज : नेकपा एमाले टिकट नदिएपछि घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो एमाले परित्यागको घोषणा गरेका हुन् । भुषाल निकटका नेताहरुका अनुसार अब उनले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।

सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ । माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् ।

तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताएका छन् । स्रोतका अनुसार भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले समर्थन गर्ने सम्भावना छ ।

The post एमाले छाडेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?