वीरगन्जमा चापाकल जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज,२६ भदौं : वीरगन्जमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरका २७ वर्षिय इसराइल मियाँ रहेका छन् ।

प्रहरीका अनुसाार , वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएका मियाँलाइ प्रहरीले तत्कालै उद्धार गरि तराइ हस्पिटलमा पुरयादा चिकित्सकले उनलाइ मृत घोषित गरेको प्रहरी निरिक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

The post वीरगन्जमा चापाकल जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?