पर्सा जिल्लामा करेन्ट लागेर एकजना मिस्त्रीको मृत्यु

वीरगंज, २६ भदौ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले करेन्ट लागेर एकजना मिस्त्रीको मृत्यु भएको जनाएको छ । 
आज बिहान ७ बजेको समयमा सखुवा प्रसौनी गा.पा.वडा नं. ३ घर भई हाल वीरगंज म.न.पा.वडा नं. १३ राधेमाई बस्ने फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
सखुवा प्रसौनी गा.पा.६ लखनपुर बस्ने वर्ष २७ को ईसराईल मियाँँ ( मिस्त्री) लाई करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको लागि वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले तराई अस्पताल पु¥याएको थियो । अस्पतालमा २७ वर्षीय मिस्त्रीको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?