साढे सात लाखसहित आलम पक्राउ

वीरगंज, २६ भदौ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले सात लाख त्रिपन्न हजार तिन सय रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । 
आज दिउँसो १ः३० बजे प्र.नि. प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडकखण्डबाट प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल चेकजाँच गर्दा पोखरिया नगरपालिका वडा नं. ९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महमद रिजवान आलमलाई उक्त रकमसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । 
रिजवानले जिन्स पाइन्टको खल्तीमा राखेको रु सात लाख त्रिपन्न हजार तीन सय बरामद भएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भैरहेको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?