बारा ४ भदौ / बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत तर्फबाट BR30R 9391 नं. को मोटरसाइकलमा आएका भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पंचायत कोरैया वडा नं.१ बस्ने वर्ष ३२ को चन्दन मिश्रा र ऐ.ऐ. वडा नं.२ बस्ने वर्ष २५ को धर्मजित कुशवाहालाई पिठ्युमा बोक्ने झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा अवैध लागू औषध डाइजेपाम ई.६०० पिस, फेनारगन ई.६०० पिस र नुर्फिन ई.६०० पिस तथा नाइट्राभेट-१० लेखिएको ट्याबलेट ३०० पिस सहित पक्राउ गरेको छ । पक्राउ परेका मानिस तथा बरामद लागू औषध सहित जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जि प्र का बाराको प्रनाउ एवँम प्रबक्ता राजेश थापाले जानकारी दिए ।
Tags:
समाचार