श्रीमतीसंग झै झगडा गरि आफ्नै कोठामा आगो लगाउने देवान पक्राउ

बिरगंज ५भदौ / बिरगंज वडा न १६ नगवामा सनिबार राति अ १०:३० बजेको समयमा आगो लागेको थियो । सो आगोलाइ इलाका प्रहरी  कार्यालयबाट बरिस्ठ सइ गोरख ब शाहीको कमान्ड रहेको टोलीले आगोलाइ नियन्त्रणमा लिएकोछ ।बाटोको कारण बरुणयन्त्र त्यो ठाउमा पुग्न नसक्ने भएको कारणले गर्दा नगवा प्रहरीले नै आफ्नो सक्रियतामा सो आगोलाइ नियन्त्रण गरेकाहुन । श्रोतका अनुसार हिरालाल सरार्फ को घरको बहालमा बस्दै आइरहेका मोबारक मिया देवानले आफ्नै श्रीमतीसंग झगडा को कारण रक्सी खाएको तालमा आफ्नै बस्ने कोठामा आगो लगाएको स्थानीयले बताउँछन् । आगो बाट कोठामा रहेका लत्ताकपडा भाडाकुरा खाठ पंखा लगाएत जलेर नस्ट 
भएकाछन । आगलगिबाट अ २ लाख बराबरको क्षति भएको श्रोत बताए । श्रोतको अनुसार संगोरो बाटो भएको 
कारण बरुणयन्त्र आउन न सक्ने भएको कारण समयमा नगवाबाट प्रहरी न आएकोभए ठुलो जनधनको क्षती हुन 
सक्थ्यो स्थानीयको भनाइ रहेकोथियो । घरमा आगो लगाउने देवानलाइ आज बिहान धानको खेतमा सुतिरहेकको अवस्थमा पक्राउ गरि आवशयक कार्वाहीको लागि वडा प्रहरी कार्यालय विर्ता पठाइकोछ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?