माननीय जितेन्द्र सोनल द्वारा दलित बिधालयको समुदघाटन

बारा ४ भादौ / बारा जिल्लाको बिश्रामपुर गाउँपालिकाको 
वडा न ५ इटियाहीमा दलित बाल विकास बिधालयको 
समुदघाटन भएकोछ । माननीय जितेन्द्र सोनलको संसदिय कोषबाट २५ लाखको लगतमा सो बिधालयको निर्माण भएकोहो । आज एक कार्यक्रम बिच माननीय जितेन्द्र सोनलबाट बिधालयको रिवन काटी समुदघान गरिएकोछ ।
सोनलले कार्यक्रमलाई सम्बोधन गर्दै दलित बिधालयको उदघाटन गर्दा खुशी लग्यो । तर धेरै खुशी त्यो दिन लाग्छ जुन दिन मैले गरेको बिधालय उदघाटन बाट पढेर बाल बालिकाहरु ठाउ पुग्छ । सो कार्यक्रममा गापा अध्यक्ष जुल्फकार अलि भुटो ( जुवैर भाइ ) कृष्ण साह रमेश सरार्फ 
भोला साह विजय पंणित अजय गुप्ता संतोष पटेल जुमराति मिया लोहा यादब नेपाल प्रहरी लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?