सर्लाहीको दशगजामा बेवारिसे पुरुषको शव फेला




सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। सोमबार दिउँसो ३:५० बजे सहायक सीमा स्तम्भ नम्बर ३१७/२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी ५०/५५ वर्षीय नाम, थर र वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा बोराको झोलाभित्र मदिरासमेत भेटिएको र शवको पहिचान तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?