सशस्त्र प्रहरी बल नेपाल बारा द्वारा नि:शुल्क स्वास्थ शिविर सञ्चालन ।

 



पर्सा, ०८ जेठ /  सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत बारा जिल्लाको विश्रामपुर गाउपालिकाको मुसहर्वा वडा न ३ बर्थीङ सेन्टरमा  नि:शुल्क स्वास्थ  शिविर कार्यक्रम सम्पन्न गरिएको छ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविर


स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रा लि बिरगंज पर्सा र विश्रामपुर गाउँपालिका बाराको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १२  गण हे.क्वा. बाराको आयोजनामा सञ्चालन गरिएको थियो।

कार्यक्रम नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल  प्रमुख आतिथ्यता रहेको थियो।   स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रा लि बिरगंज डा महेश्वर प्रसाद , डा अक्लाखुर रहमान , सन्तोष कुमार , अशोक राज , डा रुपेन्द्र मिश्रा ,   सहित  स्वास्थ्यकर्मीको टोलीले सहभागीहरूको स्वास्थ्य  परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

शिविरमा विश्रामपुर



गाउँपालिकाको अध्यक्ष जुल्फाक अलि भुटो ,   स्थानीय जनप्रतिनिधि, स्वास्थ शाखाका प्रमुख अलि अखबर हुसेन , सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म मटिअर्वाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष अधिकारी ,  बिओपी बरैनियाका नियमित बिओपीपति सशस्त्र प्रहरी नायव निरिक्षक तुलसी गिरी ,  fob छतवाका सप्रनानी संजय गुरागाइ ,  fob बलिरामपुरका इन्चार्ज , भद्रभलाद्मी तथा स्थानीय बासिन्दासहितको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल २०६  जनाले नि:शुल्क स्वास्थ  परीक्षण सेवा लिएका छन।

कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनुका साथै सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको विश्वास गरिएको छ।





भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?