सशस्त्र प्रहरी बलद्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न



पर्सा, ०५ जेठ /  सशस्त्र प्रहरी बल, नेपालको आयोजनामा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा नजिक रहेको पोखरी क्षेत्रमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अशोक कुमार वमको प्रमुख आतिथ्यता रहेको थियो।


कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दासहित अन्दाजी १५० जनाको सहभागिता रहेको थियो। अभ्यासका क्रममा पानीमा डुबेका व्यक्तिको खोज तथा उद्धार, उद्धार सामग्रीको प्रयोग, प्राथमिक उपचार तथा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय सम्बन्धी व्यवहारिक प्रदर्शन गरिएको ,सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा का सुचना अधिकारी स.प्र.ना.उ.मोहन राज निरौलाले जानकारी दिए ।






भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?