क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ ।
जेठ १८ गते राति जिल्ला पर्सा वीरगंज महानगरपालिका–२९ मुसैली स्थित श्री आदर्श क्रसर उद्योग प्रा.लि.मा लेवरको  काम गर्ने कामदार सोही ठाउँ बस्ने वर्ष १८ को अजय मण्डलले ढुङगा फोड्ने क्रममा मेसिनको अचानक बेल्ट चुडी ढुङ्गाको धुलो, बेल्टले बेरिएर पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
प्र.स.नि. ऋषीराम भट्टराई र इ.प्र.का. पटेर्वा सुगौलीका प्र.नि. प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले मृतकलाई ढुङ्गाको धुलोबाट निकाल्ने कार्य गरेको जिप्रका, पर्साका प्र.ना.उ. किशोर लम्सालले जनाएका छन् ।  शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको र अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।  
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?