सशस्त्र प्रहरी बल पर्साद्वारा १३,४४,०२०।- बराबरको सामान भन्सार दाखिला

पर्सा २९ जेठ / सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जबाट खटिएको टोलीले बीरगञ्ज म.न.पा., वडा नं. १६, नगुवा गाउँ स्थित डम्पिङ साइट नजिकबाट भारतबाट अवैध रुपमा भन्सार छली गरी ५ वटा साईकलहरुमा ल्याउँदै गरेको अवस्थामा रु.७,६७,९००।- बराबरको कपडा र साईकल तथा उक्त चोरीपैठारी कार्यमा संलग्न ब्यक्तिले प्रयोग गरेको ना १६ प ६२७५ नम्बरको मो.सा.समेत नियन्त्रणमा लिई मो.सा.को रु १,५०,०००।- भन्सार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।साथै सोही गुल्मले बीरगञ्ज म.न.पा.-१६, स्थित बिभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई विभिन्न सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मूल्य रु.४,२६,१२०।- बराबरको ईलेक्ट्रोनिक लगायत अन्य सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?