बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

वीरगंज, १३  जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साल करणी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई प्रेमको झुठो प्रलोभन दिदैं पटक पटक  करणी गरेको आरोपमा प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादवलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुठो प्रलोभन दिएर ललाई फकाई पटक पटक करणी गरेको यादवले जेठ ८ गतेका दिन पनि विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित आफ्नो डेरामा लगेर  करणी गरेको प्रवक्ता प्रनाउ लम्सालले बताए ।
पीडित बालिकाको उजूरीका आधारमा यादवलाई जेठ १२ गते पक्राउ गरिएको र करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?