दुईवटा सवारीअटो सहित भन्सार छलिका सामान सशस्त्र प्रहरी पर्साद्धारा भन्सार दाखिला:-



बिरगंज १६ चैत / सशस्त्र प्रहरी बल पर्साले ४ लाख ६० हजार बराबरको अवैध समान समेत दुइवटा अटो बरामद
गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारका सशस्त्र प्रहरी नायव उपरिक्षक
सुरज रिजालको कमाण्डमा खटिएको टोलिले  अ.१३:४० बजेको समयमा जिल्ला पर्सा वि.म.न.पा-१६ 


 भन्सार मेनगेट अगाडिबाट  भारतबाट नेपालतर्फ आउदै गरेको ना २ ह १५९१ नम्बरको अटो र ना १ ह ३९०२ नम्बरको मयुरीअटोलाई चेकजाच गर्ने क्रममा फल्स बटम बनाई भन्सार छलि  अबैध रूपमा  लुकाई छुपाई अटोमा ल्याउदै गरेको  मुल्य रु.२०,५००।- बराबरको कपडा र मयुरी अटोमा राखेको अ. मुल्य ३०,८००।- बराबरको ४५ के.जि सुर्ति सहित अटो  छाडि दुबै चालक 


 भागि गएको हुदाँ सो समान सहितको अटो नियन्त्रणमा लिइ ४ लाख ६० हजार मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज बझाइएको सशस्त्र प्रहरी बल न १३ गण पर्सा को सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) एवँम सुचना अधिकारी देबेन्द्र ब सिंहले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?