होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
 
फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाई प्रक्रिया बढाएको जनाएको छ ।
 
१७५ वटा सवारी साधनबाट एक लाख ४५ हजार राजस्व जरिवाना गरी छाडिएको जिप्रका, बाराले जनाएको छ ।
 
होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने १८ जनालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?