पर्सा ११ चैत / सीमा सुरक्षाको संबेदनशिलतालाई मध्ये नजर गरी सशस्त्र प्रहरी बल, नेपालको परिचालनलाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन र अन्तराष्ट्रिय सीमाना नजिकका नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन तथा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नका निमित्त अन्य सुरक्षा निकाय लगायत स्थानिय नागरिक तथा सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गर्दै "सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम" अन्तर्गत अन्तराष्ट्रिय सीमा सुरक्षामा थप प्रभावकारिता ल्याउन 

सीमा क्षेत्र लक्षित नियमित रुपमा २४/७ सीमा पैदल गस्ती मिति २०८०।१२।११ गते देखी मधेस प्रदेश स्थित रहेको नं. २ छिन्नमस्ता बाहिनी अन्तर्गतको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले जि.पर्सा ठोरी गा.पा.-१ भगवाननगर बाट सेमु + को नफ्रिमा सशस्त्र प्रहरी निरीक्षको कमाण्डमा सीमा पैदल गस्ती सुरु गरेको । उक्त गस्तिको सुभारम्भ स.प्र.बल नेपाल नं.१३ गण हे.क्वा.पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले गर्नु भएको र उक्त सीमा गस्तिमा भारतिय समकक्षी SSB 44 BN का
प्रतिनिधि , ठोरी स्थित रहेको सीमा सहजिकरण समितिका पदाधिकारी र स्थानिय संचारकर्मी समेतको उपस्थिति रहेको थियो । गस्तिको क्रममा स.प्र.उ. किसन कर्माचार्यले स्थानिय 

बुद्बिजिबी तथा नागरिकहरुसंग समेत अन्तरक्रिया गर्नु भएको थियो । उक्त गस्ति टोलिले गस्तिको क्रममा अन्तराष्ट्रिय सीमाना नजिक रहेका नागरिकहरुसंग विभिन्न ठाउमा अन्तरक्रिया गर्दै सीमा सुरक्षाको महत्वको बारेमा नागरिकहरुमा प्रकाश पार्नुको साथै सीमा अपराध नियन्त्रणको सन्दर्भमा समेत उल्लेख्य भुमिका निर्वाह गर्ने छ । उक्त गस्ती टोलिले मधेस प्रदेशका ८ वटै जिल्ला का सिमावर्ति इलाकामा निरन्तर गस्ती गर्नेछ र गस्ती कमान्डरको सम्पर्क नं. ९७६७७२१४१५ रहेको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्सा को सुचना अधिकारी एवँम सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) देबेन्द्र ब सिंह
ले बताए ।
