पर्सा २९ फागुण / सशस्त्र प्रहरी बल पर्साले सोमबार लागू
औषध गाजा समेत सञ्चारकर्मी सहित दुई जनालाइ पक्राउ गरेकाछन ।
विशेष सुचनाको अधारमा बिओपी ड्राइपोर्ट अलौबाट
खटिएको टोलिले पश्चिमबाट आइरहेको मोटरसाइकलमा
दुइजना सवार मध्य पछाडि बस्ने प्रेस लेखिएको ज्याकेट लगाएर बसेको थियो ।निज लाई रोकी चेकजाच गर्दा मोटरसाइकल चालकले शरिरभित्र लुकाइ छुपाइ राखेको
अवस्थामा लागू औषध गाजा बरामद भएको श्रोत बताए ।
बरामद गरिएका लागू औषध गाजा समेत दुवै जनालाइ आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको श्रोत बताए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साको सुचना अधिकारी ध्रुब कु श्रेष्ठ
संग मोबाइलमा सम्पर्क गर्दा , हो सशस्त्र प्रहरीले हामिलाइ लागू औषध गाजा समेत दुई जनालाइ बुझएकाछन । एक जना प्रेसको ज्याकेट लगाएर पछाडि बस्ने सञ्चारकर्मी रहेको छ ।
हामी अनुसन्धान गर्दैछु सुचना अधिकारी श्रेष्ठ ले बताए ।लागू औषध गाजाको कारोबारमा सञ्चारकर्मी पनि संगलन छ त जिज्ञासा, मेरो मोटरसाइकल बिग्रेकोले उधोग बाणिज्य संघ कार्यक्रमको रिपोर्टिङ मा जान हतार भएकोले लिफ्ट मागेर बसेकाथियौ सञ्चारकर्मीले ब्यान दिएको ,सुचना अधिकारी श्रेष्ठ बताए । पक्राउ परेकाको नाम र ठेेगाना माग्दा दिन चाहेन्न ! अनुसन्धान हुन्दै छ भनेर पन्छायो
