वीरगंजमा कफर्युको ठाउं–ठाउंमा उल्लघंन गर्दै प्रदर्शन, द्वन्द्वलाई बढावा नदिन प्रजिअको आग्रह

वीरगंज, ८ फागुन । वीरगंजमा आज बिहान १० बजेदेखि लागेको अनिश्चितकालीन कफर्युको अवज्ञा भएको छ ।

वीरगंजको घडीअर्वा, अशोकवाटिका क्ष्Fेत्रमा टायर बालेर प्रदर्शनकारीहरुले चर्को नाराबाजी लगाएका छन् । यसैगरी घडीअर्वामा प्रहरीमाथि ढुंगा मुढा गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

वीरगंजमा कफर्यु खुकुलो भएको छ । सर्वसाधारणले साइकल, ईरिक्शा, मोटरसाइकल चलाउन पाएका छन् । त्यस्तै वीरगंज कलैया साना सवारी साधन बस चलिरहेको छ ।

द्वन्द्वलाई बढावा नदिन प्रजिअको आग्रह

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रशारण नगदर्न नगराउन अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भुसालले एक विज्ञप्ति जारी गर्दै वीरगन्जमा देखिएको असमान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिहरुको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रण भित्रै रहेको भन्न्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गरेका हुन् ।

उनले सयौं बर्षदेखि सबै जाजाति, धर्म, भाषा, सम्प्रदायबीचको एकता रहेको देशमा परिस्थिति असजम बनाउने कुनैपनि प्रयासप्रति प्रशासनको गम्भीर ध्यानकार्ष भएको जनाउदै नेपाली जनजत बीचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने प्रतिबद्धता सहित सहयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी भुसालले आग्रह गरेका छन् ।

नागरिकबीच द्वेष सृजना गर्ने, उद्योगधन्दा, व्यापार–व्यावसाय र नियमित क्रियाकलापमा असर पार्ने एवं शान्ति सुरक्षा, अनमन चयन गर्ने कार्यक्रमा नकारात्मक असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन अनुरोध गर्दै त्यस्ता क्रियाकलाप गरे गराएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने पनि विज्ञप्तिमा जनाईएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?