सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबर को भन्सार छली का सामान बरामद गरे । सप्रनाउ सिंहको उच्चमुल्यांकन



पर्सा १६ माघ / सशस्त्र प्रहरी बल पर्सा ले भारतबाट 
चोरी पैठारी गरि नेपाल तर्फ ल्याउन्दै गरेका विभिन्न 
किसिमका ३६ लाख बराबरको कस्मेटिक तथा जुत्ता 
हरु बरामद गरेकाछन । विशेष सुचनाको अधार सशस्त्र 
प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट
सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएपी ) देबेन्द्र ब 


 सिंहको
कमाण्डमा खटिएको टोलिले बिमनपा वडा न १६ भुटन
देवि मंदिर पछाडि बाट दस वटा साइकलमा लोड गरि 
ल्याउन्दै गरेका विभिन्न किसिमका जुत्ता तथा कस्मेटिक
समानहरु बरामद गरेकाछन । बरामद गरेका समानहरुको 
रु ३६ लाख ३९ हजार ९०० सय मुल्यांकन गरि आवश्यक 


कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरे
को न १३ गण पर्सा का प्रवक्ता सप्रनाउ ( डिएसपी ) संगम श्रेष्ठले बताए । त्यस्तै डिएसपि सिंहले ५ महिनाको कार्यकालमा २ करोड भन्दा बढीको अवैध समानहरु 
बरामद गरि भन्सार कार्यालय बिरगंजमा दाखिला गरेका
छन ।  डिएसपी सिंह गुल्मपतिको हैसियतमा रहि 


 ब्यापार 
सहजिकरण र अवैध निकासी / पैठारी नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गरि भन्सार प्रशासन लाई पुर्याउनु भएका योगदान लाई उच्च मुल्यांकन गरि ७२ औ 
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा प्रशंसा पत्र भन्सार कार्यालय बिरगंजले प्रदान गरिएकोछ। 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?