जीतपुरसिमराबाट २६२ किलो गाँजा बरामद

वीरगंज, १५ असार ।
जिल्ला प्रहरी कार्यालय, बाराले भारतीय नम्बरको ट्रकबाट २६२ किलो गाँजा बरामद गरेको छ ।
 
बिहीवार जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर सडकखण्डमा पार्किङ गरिएको बिआर–२५ जिए १४५८ नम्बरको ट्रक  चेकजाँच गर्ने क्रममा ट्रकमा फल्स बटम बनाइ लुकाएर राखिएको २६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक पुरुषोत्तम पाण्डेले बताए ।
 
इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद भए पनि चालक भने फरार भएको र उनीहरुको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?