टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी

इस्तानबुल, ८ असार 
इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।  आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।
 
टर्किएको ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको सहयोगमा देशको सबैभन्दा ठूलो शहर टर्किएमा बुधबारदेखि शुरु भएको सो कार्यक्रम पाँचौं आणविक ऊर्जा प्लान्ट एक्स्पो र नवौं शिखर सम्मेलनको नाम दिइएको थियो।
यसलाई टर्किए, अफ्रिका र मध्य पूर्वलाई  समेट्ने सबैभन्दा व्यापक आणविक ऊर्जा कार्यक्रमको रूपमा बुझिएको छ ।

दुई दिने कार्यक्रममा ऊर्जा क्षेत्रमा सानो मोड्युलर रिएक्टरको भूमिका र आणविक ऊर्जा क्षेत्रमा सक्रिय उद्योगीहरूको अवसर लगायतका विषयमा छलफल गरिएको थियो।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?