आठ लाख रकमसहित बाराका सुनील पक्राउ

वीरगंज, १२ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले हुण्डीको कारोबार गरेको आरोपमा आठ लाखसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।
 
असार ८ गते वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सडकखण्डबाट प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकलमा सवार बारा, प्रसौनी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३३ को सुनिल कुमार साहलाई आठ लाख रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
 
साहले हेलमेटभित्र स्रोत नखुलेको आठ लाख रकम बरामद भएपछि मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

  
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?