नाला सफाइको क्रममा विभिन्न हतियारका १०५ राउण्ड गोली भेटियो

वीरगंज, २८ जेठ । वीरगंज महानगरपालका–६ स्थित नाला सफाई गर्ने क्रममा १०५ राउन्ड गोली भेटिएको छ ।
 
आइतवार बिहान महानगरपालिकाका कर्मचारीहरूले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

 नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कुल १०५ राउण्ड गोली भेटिएको प्रउ शाहले बताए । भेटिएकामध्ये चारवटा गोली काम नलाग्ने अवस्थामा रहेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?