मालपोत बाराका दुई कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बारा, २९ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपियाँँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

१५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?