भरत सरार्फ
बारा १० अषाढ / बाराको विश्रामपुर
गाउँपालिकाको १३ औ गाउँ सभा शान्तिपुर्ण सम्पन्न भएकोछ । सनिबार
गाउँपालिकाको सभा हालमा भएको सभामाअगामी आर्थिक बर्ष २०८०/८१
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
झन्डै ३४ करोड रुपैया बजेट ल्याएको
छ । गाउँपालिकाले गाउँसभाबाट चालु
आर्थिक बर्षको प्रगति विवरण गर्नुको
साथै आगामी आर्थिक बर्षको लागि
३३ करोड ९७ लाख ९० हजार ८ सय
रुपैयाको आय विवरणसहित बजेट
पारित गरिएकोछ । गापाको उपाध्यक्ष
बजेट प्रस्तुति गरेकाथिए । अगामी आर्थिक बर्ष २०८०/८१ का लागि अनमान गरिएको खर्च श्रोत ब्यवस्थापन गर्न संघिय तथा प्रदेश सरकारको वितिय समानिकरण अनुदानबाट १० करोड २९ लाख २७ हजार सशर्त संघिय चालु तर्फ ९ करोड
८९ लाख र पुजीगत तर्फ ६३लाख गरि १० करोडब५२ लाख संघिय तथा प्रदेश
को समपुरक तथा विशेष अनुदान २ करोड संघिय तथा प्रदेश सरकातको
राजस्व बाँडफाँडबाट ७ करोड २ लाख
९८ हजार ८ सय स्थानीय राजस्व बाँडफाँड तर्फ ३ करोड र आन्तरिक श्रोत तर्फ १ करोड गरि ३३ करोड ९७ लाख ९० हजार ८ सय आय हुने बताए


गाउँपालिका अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैरभाइ ) को अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय
अधिकृत सुधन लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेकाथिए । गाउँसभामा
पाँचौं वडाका अध्यक्ष लगाएत सम्पुर्ण सदस्य कार्यपालिका सदस्य सम्पुर्ण गाउँपालिकाको कर्मचारी नेपाल प्रहरी
पत्रकार लगाएतको स्थानीयको सहभागिता रहेकोथियो । कार्यक्रमलाई
जिन्सी प्रमुख देव मंडलले संचालन गरेकाथिए ।
Tags:
प्रदेश २

