इस्लाम धर्मावलम्बीले बकरीद र हिन्दूले हरिशयनी एकादशी मनाउँदै

वीरगंज, १४ असार । इस्लाम धर्मावलम्बीहरूले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । बकरईद पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । वीरगंजको विभिन्न स्थानमा आज हर्षोल्लासपूर्वक इद मनाइदै गरिएको छ ।

यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानहरूले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।

यसैगरी हिन्दू धर्मावलम्बहिरुले प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएकोछ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिनछ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि मन्दिरहरुमा भक्तजनको भीड लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?