बारा २ मा उपेन्द्र यादवलाई जिताउन लाेसपाकाे चुनावी कमान्डर बने जितेन्द्र साेनल

मधेसखबर
वीरगन्ज ,२४चैत : बैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा बारा २ मा सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन लाेसपाले उक्त क्षेत्रमा केन्द्रीय प्रतिनिधिमा लाेसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलाई खटाएकाे छ ।

लाेसपाकाे केन्द्रीय कार्यसमितिले बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार यादलाई लाेसपाले समर्थन गरिसकेकाले यादवलाई जिताउनका लागि उक्त क्षेत्रमा पार्टीका तर्फबाट चुनावी कमान्ड सम्हालने जिम्मेवारी सहित साेनललाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएकाे हाे ।

लाेसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरि पठाएकाे पत्रमा यादवलाई विजयी बनाउन जसपा सहित गठबन्धनका दलहरु,लाेसपाकाे जिल्ला तथा क्षेत्रका पार्टी पंक्तिसंग समन्वय र सहकार्य गरि निर्वाचनलाई गठबन्धनको पक्षमा परिणाममुखी बनमउने जिम्मा साेनललाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको उल्लेख छ ।

यता प्रदेश सरकारका पुर्वमन्त्री समेत रहेका साेनलले पार्टीले दिएको जिम्मेवारी आफुले सफलतापुर्वक निर्वाह गर्ने भन्दै बारा २ मा  गठबन्धनका साझा उम्मेदवार यादवलाई विजयी बनाउन आफुसहित जिल्लाका लाेसपाकाे सम्पुर्ण पार्टी पंक्ति मरिमेटेर लाग्ने प्रतिक्रिया दिएका छन् ।

 

The post बारा २ मा उपेन्द्र यादवलाई जिताउन लाेसपाकाे चुनावी कमान्डर बने जितेन्द्र साेनल appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?