वीरगन्ज २६ मा छात्राहरुलाई साइकल वितरण

मधेसखबर
वीरगन्ज,२५चैत : वीरगन्ज महानगरपालिका वडा नम्बर २६ मा शनिबार छात्राहरुलाई साइकल वितरण गरिएको छ । वडा नम्बर २६ का विभिन्न सामुदायिक विधालयमा अध्ययनरत २५ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

शनिबार सुगौली विर्तामा आयोजित कार्यक्रममा प्रमुख अतिथी एंव पर्सा क्षेत्र नम्बर २ का सांसद अअजय चौरसिया र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा कांग्रेसका नेताहरु रामरुप कुर्मी, प्रेमचन्द्र दुबे, खुर्रम आलम,वडा सदस्य प्रदिप पटेल,महमुद चुरिहार,रामरती देवी,गिता पासवान लगायतको पनि उपस्थिती थियो ।

The post वीरगन्ज २६ मा छात्राहरुलाई साइकल वितरण appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?