रौतहटमा आगलागी, लाखौंको क्षति

रौतहट, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिका १ करूनिया गाउँँमा गए राति एकघरका आगलागी हुँदा ३० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। बिहीवार साँझ एक्कासि करूनीया गाउँँका मुन्ना मियाँँको घरमा आगलागी भएको थियो।
आगलागी बाट घरमा रहेको नगद, लत्ताकपडा फर्निचर, धान, गहूँ, मुसुरो, फ्रीजका साथै पक्की भवन निर्माणको लागि तयार अवस्थामा राखिएको सालको झ्याल, ढोका लगायत खरको छाना भएको घर समेत जलेर ३० लाख बराबरको क्षति भएको पीडितले जनाएको छ।  
स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको देवाहि गिनाहिका एकीकृत समाजवादीका मेयर प्रत्याशी धर्मेन्द्र पटेलले बताए । आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुटे धपाउन बालिएको घुर बाट सल्केर भएको हुनसक्ने अनुमान गरिएको छ।

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?