आइपिएलमा काेलकाताकाे पहिलाे जित

वीरगन्ज ,२४चैत: भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले पहिलो जित निकालेको छ ।

बिहीबार राति भएकाे खेलमा राेयल च्यालेन्जर्स बैंग्लाेरलाई ८१ रनले पराजित गर्दै काेलकाताले पहिलाे जित हात पारेकाे हाे ।

काेलकाता स्थित इडेन गार्डेन स्टेडियममा पहिले ब्याटिङ गरेको कोलकाताले सार्दुलकाे उत्कृष्ट ब्याटिङमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएकाे थियाे ।सार्दुलले २९ बल खेलेर ६८ रन बनाएका थिए ।

२सय ५ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७.४ ओभरमै १२३ रनमा अलआउट भएपछि खेल काेलकाताले जितेकाेहाे । बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३, विराट कोहलीले २१, माइकल ब्रेसवेलले १९ र डेविड विलीले अविजित २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

The post आइपिएलमा काेलकाताकाे पहिलाे जित appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?