कलैयामा स्कुल बसकाे ठक्करबाट ३ वर्षिय बालककाे मृत्युु

वीरगन्ज ,३चैत: बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्युु भएकाे छ ।

मृत्युु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह साेनार रहेका छन् ।

वीरगन्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले मोतीबागमै बिहान ठक्कर दिएका बालककाे घटनास्थलमै मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

The post कलैयामा स्कुल बसकाे ठक्करबाट ३ वर्षिय बालककाे मृत्युु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?