मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा

६ मंसिर, काठमाडौं । मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ । निर्वाचन आयोगद्वारा मंगलबार ११:१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ ।

नेकपा एमालेले २ हजार २०० मत ल्याउँदा नेकपा माओवादी केन्द्रले १ हजार २३८ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा पुगेको जनता समाजवादी पार्टीले १ हजार ८३ मत प्राप्त गरेको छ ।

दल प्राप्त मत
जनमत पार्टी २,६४४
नेपाली कांग्रेस २,२२८
नेकपा एमाले २,२००
माओवादी केन्द्र १,२३८
जनता समाजवादी पार्टी १,०८३
अन्य ३,११४

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?