पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न

मधेसखबर
मंसिर ४ गते , वीरगञ्ज:

पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

पर्सामा प्रतीनीधी सभा र प्रदेश सभातर्फको निर्वाचनमा ५२ प्रतीशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् ।

निर्वाचन आयोगले तोके अनुसार आज विहान ७ बजेदेखी साँझ ५ बजेसम्म ५२ प्रतीशत मत खसेको प्रारम्भिक अनुमान गरीएको उनले बताए ।
पोखरेलका अनुसार पर्साका १६९ मतदान स्थल र ४१४ मतदान केन्द्रको यकिन तथ्यांक आउन केही समय लाग्ने बताए ।


पर्सामा ४ प्रतीनिधी सभा र ८ प्रदेश सभा सदस्यका लागि आज भएको मतदानमा प्रतीनीधी सभा सदस्य तर्फ ५३ र प्रदेश सभा सदस्य तर्फ १ सय ८ जनाले उम्मेवारी दर्ता गराएका हुन् ।

पर्सामा ३ लाख ४५ हजार मतदाता रहेका छन् ।

पर्सामा मतगणनाका लागि २ वटा स्थान तोकीएको छ । पर्सा क्षेत्र नम्बर १ र २ को लागि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र पर्सा क्षेत्र नम्बर ३ र ४ का लागि पोखरीया हाईस्कुल तोकीएको पोखरेलले बताए ।

The post पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?