चितवनमा शुरु भएकाे छैन मतगणना , मिथ्या सुचना प्रवाह नगर्न निर्वाचन आयाेगकाे आग्रह

मधेसखबर
वीरगन्ज ,०५ मंसिर: चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ ।

केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु नै नभएको प्रष्ट पारेको छ ।

आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो ।

मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् । चितवन९१ को खैरहनी, चितवन९२ को भरतपुर र चितवन९३ को रामपुरमा मतगणना हुने छ ।

The post चितवनमा शुरु भएकाे छैन मतगणना , मिथ्या सुचना प्रवाह नगर्न निर्वाचन आयाेगकाे आग्रह appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?