पर्सा क्षेत्र २ का उम्मेदवार चोरसिया र कुर्मीद्वारा चुनावी प्रचार प्रसार जारी


मधेसखबर
वीरगञ्ज , कार्तिक २७ गते :पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनले चुनावी प्रचार प्रचार र घरदैलो तथा छलफल कार्यक्रमलाई आईतबार पनि निरन्तरता दिएको छ ।

गठबन्धनबाट नेपाली काँगेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र लोसपाका प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले आईतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० कुमारी माई मन्दिर लगायतका स्थानमा नागरिक समाजसंग बृहत छलफल एवम् भेटघाट कार्यक्रम गरेका हुन् ।


आईतबार वडा नम्बर १० मा भएको चुनावी घरदैलो कार्यक्रममा मधेश प्रदेशका पुर्व मन्त्रि तथा नेपाली काँग्रेसका ओम प्रकाश शर्मा लगायतको पनि सहभागीता थियो ।

घरदैलोका क्रममा चौरिसयासंगै मतदाताको घरदैलोमा पुगेर शर्मा लगायतका नेताले पनि सत्तगठबन्धनका लागि मत मागेका हुन् ।

The post पर्सा क्षेत्र २ का उम्मेदवार चोरसिया र कुर्मीद्वारा चुनावी प्रचार प्रसार जारी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?