लोसपा निकट युवा सङ्गठनका जिल्ला संयोजक सहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत


मधेसखबर
वीरगञ्ज, २७ कार्तिक : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा सङ्गठनका जिल्ला इन्चार्ज सहित युवाहरुको समूहले जनता समाजवादी पार्टी प्रवेश गरेको छ ।

युवा सङ्गठनका जिल्ला संयोजक रवी सर्राफ सहितको समूहले आइतबार जसपा प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई पूर्वमन्त्री प्रदीप यादवले फुलमाला लगाएर पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गर्दै सर्राफले ,देश र जनताको हितका लागि काम गर्ने एक मात्र पार्टी जसपा भएकोले आफूहरुले पार्टि परिवर्तन गरेको बताए ।

जसपा वा पार्टि उम्मेदवार यादवले जहिले पनि युवाहरुको उचित मूल्याङ्कन गर्दै अगाडि बढाउने कार्यमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि युवाहरुका लागि सकारात्मक कार्य गर्ने भएकोले युवा देखी वृद्धसम्मको रोजाईमा जसपा परेको सर्राफको भनाई छ ।

जसपाले युवा नेता प्रदीप यादव जस्ता व्यक्तिलाई मन्त्री बनाएर सम्पूर्ण युवा वर्गको सम्मान गरेकोले जसपा प्रति युवाहरुको आकर्षण बढ्दै गएको सर्राफको दाबी छ  ।

‘जसपा अन्य पार्टीभन्दा फरक ढङ्गले काम गर्छ । यहाँ युवाहरुको सम्मान हुन्छ,’ सर्राफले भने, ‘युवा उमेरका प्रदीप यादवलाई सङ्घीय मन्त्री बनाएर जसपाले यो कुरा प्रमाणित गरेको छ ।’

सर्राफले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवलाई आफ्नो पूर्ण समर्थन रहेको बताए । ‘पार्टीमा नहुँदा पनि पूर्वमन्त्री प्रदीप यादवको कामबाट म प्रभावित थिए । उहाँले पर्सा जिल्ला र समग्र मधेशको लागि निरन्तर आवाज उठाएर यहाँको विकासका कुनै कसर बाँकी राख्नु भएको छैन । आज उहाँको हातबाट पार्टी प्रवेश गर्न पाउँदा म निकै उत्साहित छु । आगामी निर्वाचनमा हाम्रो पूर्ण समर्थन उहाँलाई नै हुनेछ,’ सर्राफले सार्वजनिक रुपमै भने ।

पार्टी प्रवेश गराउँदै जसपाको राजनीतिक समितिका सदस्यसमेत रहेका यादवले पनि युवाहरुले जसपा प्रति देखाएको आकर्षणले आफू उत्साहित भएको बताए । यादवले पछिल्लो समय युवाहरुको प्रथम रोजाईमा पर्दै गएको बताउँदै नवप्रवेशी युवाहरुलाई पार्टीले उचित स्थान दिँदै उनीहरुको मूल्याङ्कन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

 

The post लोसपा निकट युवा सङ्गठनका जिल्ला संयोजक सहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?